विमानस्थलबाट पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा निष्कियो एक किलो सुन

काठमाडौं । अवैध रूपमा ल्याएको करिव एक सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नागरिक राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।
त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेको बताइएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भारतीय नागरिक पक्राउ
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्