टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
ललितपुर । जिल्लाको हातिवनस्थित टेवाचोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्थाले शनीवार जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले विशेष कार्यक्रमको आयोजना गरी २९ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो ।
६९ वर्ष पुरा भएका र सहकारीको शेयर सदस्य बनेको पाँच वर्ष पुरा भएकाहरुलाई सम्मान गरिएको सहकारीका अध्यक्ष लवकुमार खड्काले जानकारी दिए ।
जेष्ठ नागरिकको समस्याप्रति कुनै चासो नै नलिने र उनीहरूलाई बेवास्ता गर्ने प्रवृति अझै समाजमा रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने सन्देशको सुरुवात टेवा बहुउद्देश्यीय सहकारीले प्रारम्भ गरेको र यसलाई निरन्तर अघि बढाई आगामी दिनमा पनि सम्मान गर्ने उनले बताए ।
यस्तै सहकारीका जेष्ठ नागरिक उपसमितिका संयोजक रामशरण दुलालले प्रत्येक वर्ष ६९/७० वर्ष पुरा भएका र पाँच वर्ष सम्म बढी सक्रिय कारोवार गरेका जेष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष दश हजार प्रदान गरिने जानकारी दिए ।
कार्यक्रमको उद्घाटन जेष्ठ शेयर सदस्य सिहंबहादुर महतले गरेका थिए । यस्तै सहकारीले रक्तदान तथा निशुल्क आँखा परिक्षणको कार्यक्रम समेत गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जेष्ठ नागरिक शेयर, #टेवा बहुउद्देश्यीय सहकारी, #टेवाचोक, #सदस्यहरुलाई सम्मान
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्