रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी,निर्वाचन क्षेत्र भने टुंगो लागेन
काठमाडौं । राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभामा एक कार्यक्रमका बीच लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने मागसहित नयाँ पार्टी घोषणा गरेका हुन । स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन समेत लामिछानेले अपिल गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्न पार्टीमा आउन आग्रह गरे । पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको छ । भ्रष्टाचार र मनोमानीमा लिप्त नेताहरुको कानमा घण्टी बजाउने अभियानको थालनी भएको बताइएको छ । पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए ।
प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने अवधारणा अघि सारिएको छ । यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्न पाउने नीति पार्टीमा बनाइएको छ । पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताइएको छ ।
लामिछानेले पार्टीको कुनै पनि भ्रातृ संगठन नबनाउने र कोही पनि कार्यकर्ता बन्न नपर्ने घोषणाा गरेका छन । सबै सदस्य मात्र हुने र मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने बताइएको छ । लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने दाबी गरिएको छ । २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको बताइएपनि नाम भने सार्वजनिक गरिएको छैन ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #स्वतन्त्र उम्मेदवारी
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्