कसरी कमाए नायब सुब्बाले चार वर्षमै ६ करोड २४ लाख, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको भेटिएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेपछि यो कुरा खुलेको हो ।
२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।
भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भिमकान्त भण्डारी, #सरकारी कर्मचारी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्