कसरी कमाए नायब सुब्बाले चार वर्षमै ६ करोड २४ लाख, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको भेटिएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेपछि यो कुरा खुलेको हो ।
२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।
भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भिमकान्त भण्डारी, #सरकारी कर्मचारी
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्