मिटर व्याजमा पैसा लगानी नगर्न नगराउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले कानून विपरीत मिटर व्याजमा पैसा दिएर ब्याज असुल गर्ने लगायतका क्रियाकलाप नगर्न सचेत गराएको छ । मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो गतिबिधि नगर्न नगराउने सचेत गराइएको हो ।
मन्त्रालयले विज्ञप्ती मार्फत गैह्रकानुनी ब्याज लगायतका अबैधानिक गतिविधि आफूमा भएमा वा कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैलाई अनुरोध समेत गरेको छ। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव फणीन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत गतिबिधि नगर्न सचेत समेत गराइएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृह मन्त्रालय, #गैह्रकानुनी ब्याज, #मिटर ब्याज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्