उपमहानगरमा ४ कांग्रेस,२ माओवादी,२ स्वतन्त्र,नेकपा एस र एमालेको एक/एक अग्रता

काठमाडौं । यतिबेला तुल्सीपुर उपमहानगरपालिका बाहेक १० वटामध्ये ४ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २ वटा, स्वतन्त्र उम्मेदवारले २ वटामा, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले एक–एक वटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।
देशभरका ११ उपमहानगरमध्ये दाङको तुल्सीपुर उपमहानगरपालिकामा उम्मेदवारको मृत्यु भएका कारण चुनाव रोकिएको छ । मतगणना भइरहेको बुटवल, इटहरी, धरान र नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।
बुटवटल उपमहानगरपालिकामा कांग्रेसका खेलराज पाण्डे २ हजार २१४ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईको मत १ हजार ३१२ मात्रै छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६ सय १३ मत पाएका छन् । इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेलले १ हजार ९ सय २७ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले १ हजार ४ सय २७ मत पाएका छन् भने राप्रपाका आकाश हिङ्ग लिम्बुले १ सय ९५ मत पाएका छन् ।धरान उपमहानगरपालिकामा कांग्रेसका किशोर राईले १ हजार ५ सय ८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार हर्कराज राईले १ हजार १११ मतसहित किशोरलाई पछ्याइहरेका छन् । एमालेकी मञ्जु सुवेदीले ९ सय ५१ मत पाएकी छिन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसका प्रशान्त विष्टले ३०५ मतसहित अग्रता बनाएका छन् । एमालेका पशुपति दयाल मिश्राले १२५ र राप्रपाका नन्दलाल वैश्यले ७९ मत पाएका छन् । घोराही उपमहानगरपालिकामा नेकपा मओवादी केन्द्रका हेमराज शर्माले ३ हजार हजार १ सय ३७ मतसहित अग्रता लिएका छन् । एमालेका नुरुलाल चौधरी २ हजार ७ सय ६१ मतसहित शर्मालाई पछ्याउँदैछन् । राप्रपाकी सरिता देवकोटाले ६ सय ६१ मत पाएका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा पनि माओवादीका राजन पौडेलले ३ हजार ७ सय १ मत ल्याएर अग्रता कायम गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी सरस्वतीदेवी चौधरीले २ हजार२४६ मत पाएकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले १ हजार २ सय ६८ र राप्रपाका माधवप्रसाद त्रिपाठीले ८५ मत पाएका छन् ।
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्रता लिइरहेका छन् । उनले १ हजार ४ सय २८ मतसहित अग्रता लिएका हुन् । हमालका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वड ८ सय ३९ मत पाएका छन् । एमालेका रणबहादुर चन्द १ सय ४९ मत पाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारकै अग्रगता छ । स्वतन्त्र उम्मेदवार मनोजनकुमार सुडीले ४९० मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका शिव शंकर साहले १६४ र स्वतन्त्र उम्मेदवार बलराम महतोले १०७ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ८५ मत पाएका छन् ।
बाराको कलैयामा भने नेकपा एमाले अघि छ । एमालेका विनोदप्रसाद साह १ हजार २९५ मतसहित पहिलो स्थानमा छन् । उनीभन्दा पछि रहेका कांग्रेसका राजेश राय यादवले ७ सय १७ मत पाएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मिना लामा अघि छिन् । तर, एमाले अनन्त पौडेललाई लामालाई कडा टक्कर दिइरहेका छन् । लामाले २ हजार १२८ मत पाउँदा पौडेलले २ हजार १ सय ३० मत पाएका छन् । पौडेललाई पछ्याइरहेका राप्रपाका दीपक सिंहले २ हजार १ मत पाएका छन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्