Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

रुकुमपश्चिम मुसिकोट २ मा कांग्रेसबाट दिनेश खड्काको प्यानल नै विजयी


काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खड्का निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार दलबहादुर खड्कालाई २ सय २१ मत अन्तरले पराजित गरेका हुन् । दिनेश खड्काले ६ सय २८ मत ल्याउदा दलबहादुर खड्काले ४ सय ७ मत ल्याएका थिए । वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा पनि नेपाली कांग्रेसले जितेको छ ।

महिला सदस्यमा भवानी शर्माले ६ सय ३६, दलित महिला सदस्यमा कमला दलामी ६ सय २०, खुल्ला सदस्यहरुमा रेशम प्रकाश खड्काले ६ सय १२ र गोपाल खड्काले ५ सय ९१ मत ल्याएर विजयी भएका हुन् । मुसिकोटको २ नम्बर वडा कांग्रेसको गडका रुपमा चिनिन्छ ।

यस्तै मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारको अग्रता कायमै राखेका छन । नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले १६४७ मत ल्याउदा नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ११४४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेका थलबहादुर ओलीले १४१३ मत ल्याउदा समाजबादीका बिमल कुमार पुनले ९३३ मत पाएका छन् ।

वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका ज्ञानु चन्द बिजयी भएका थिए । चन्दले ९०२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दि नेकपा माओवादीका डम्बर थापाले ८ सय ७३ मत पाएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार ५० मत गणना भएको छ । अहिले वडा नम्बर ३ को मतगणना सुरु भएको छ । मुसिकोटमा कांग्रेस एमाले र माओवादी केन्द्र र समाजबादीको गठबन्धन छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #मुसिकोट नगरपालिका

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं