गठबन्धनले बनायो निर्वाचन तयारी तथा अनुगमन समिति,संयोजकमा रामचन्द्र पौडेल
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि स्थानीय तहमा गठबन्धनको प्रक्रिया एक कदम अगाडि बढेको छ । बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन अनुगमन संयन्त्र गठन गरेको छ ।
पौडेल नेतृत्वमा गठित संयन्त्रलाई पूर्णता दिन गठबन्धनमा रहेका प्रत्येक दलसँग २ , २ जनाको नाम मागिएको छ । बुधबार दिउँसो २ बजेभित्र सदस्यहरुको टुंगो लगाइने जनाइएको छ । मंगलबारको बालुवाटार बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र खस्किदो अर्थतन्त्रको विषयमा पनि चर्चा भएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ । तर केही नेताहरुले प्रधानमन्त्री देउवा भाजपा अध्यक्ष जे.पि नड्डालाई भेट्न भारतीय जनता पार्टीको मुख्यालय गएकोप्रति जिज्ञासा राखेका थिए ।
जसमा प्रधानमन्त्रीले यो राजकीय भ्रमण नभई औपचारिक भ्रमण मात्रै भएको र आफू प्रधानमन्त्रीको हैसियतमा नभई नेपाली कांग्रेसको सभापतिको हैसियतमा भाजपा मुख्यालय गएको प्रष्ट पारेका थिए । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेको नेतृत्वमा संयन्त्र बनेसँगै सत्ता गठबन्धनको चुनावी तालमेल अब दलहरुबीच सीट बाँडफाँड गर्ने चरणमा पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धन, #प्रधानमन्त्रीको सरकारी, #रामचन्द्र पौडेलको संयोजक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्