गगन थापाले भने म गठबन्धनको पक्षमा छैन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताएका हुन् । ‘देशभरमा लाखौ नयाँ मतदाता भएको भन्दै महामन्त्री थापाले उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने गरी अघि बढ्नुपर्ने बताए ।
पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाइने भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ । अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?,’ उनले प्रश्न गर्दै भने ‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ? नेताहरुलाई थापाले प्रश्न गरेका थिए ।
बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताउदा केन्द्रीय समिति बैठकमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयले माहोल तताएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठबन्धन, #महामन्त्री गगन थापा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्