बागमती गाउँपालिकाले पायो स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको ट्रफी
काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको फुटसल प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि हात पारेको हो । महांकाल गाउँपालिका प्रतियोगिताको उप–बिजेता बन्यो । कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए।

पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए । उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नु पर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे। जनप्रतिनिधि र पत्रकारबिच हुने प्रतियोगिताले सम्बन्ध थप मजवुद हुने मन्त्रीको भनाई थियो ।
महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग जोडिनेगरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो, न्यौपानेले भने, यस्ता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।’
महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबिच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए। विदाइ हुँदै गरेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेको विश्वास थियो । प्रतियोगितामा ललितपुर महानगरपालिका बागमति गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जोसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ट्रफी जिते, #नेपाल पत्रकार महासंघ ललितपुर, #बागमती गाउँपालिका
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्