Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

काठमाडौं उपत्यकामा सहज रुपमा फोहोर उठ्न सकेन, बञ्चरेडाँडामा फाल्न नदिने स्थानीयको चेतावनी


काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि भन्दै नुवाकोटको ककनी–२ ओखरपौवास्थित सिसडोलमा बनाइएको ल्याण्डफिल्ड साइट अहिले पूर्ण रुपमा भरिएको छ । २०६२ भदौ २२ गतेबाट दुई वर्षका लागि फोहोर फाल्न भन्दै बनाइएको अस्थायी ल्यान्डफिल साइटमा १६ वर्षदेखि थुपारिएको फोहोरले पहाडको स्वरुप लिएको छ ।

अहिले सिसडोलमा फोहोरको आसपासमै बस्तिहरु छन् । यसबाट फैलिने दुर्गन्ध र हानिकारक ग्याँसको असरले स्थानीयहरु क्यान्सर, सारिरिक अशक्तता लगायतका विभिन्न रोगहरुको सिकार बनेका छन् । तर, काठमाडौं महानगरपालिका लगायतका सरकारी निकायहरुले गरेका सडक पूर्वाधारको विकास, अस्पताल, शिक्षा, स्वास्थ्य लगायतका आश्वासनहरु १७ वर्षपुग्दा समेत पुरा भएका छैनन । बरु स्थानीयको पीडा भजाएर बारम्बार फोहोरमा मोहोर खोज्ने राजनीति भैरहेको छ । बारम्बार हुने अन्दोलन र उधारो सम्झौताले आजित भएका स्थानीयले झनै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पानी पर्नासाथ सडक हिलाम्मे भएर फोहोर व्यवस्थापन प्रभावित हुने सिसडोलमा, कहिले सडक नबन्दाको आन्दोलन त कहिले बिगतका उधारो सम्झौता कार्यान्वयनको माग राखेर आन्दोलनले निरन्तरता पाउनेगरेको छ । दुई वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइट सिसडोलमा १६ वर्षदेखि निरन्तर उपत्यकाका काठमाडौं, भक्तपुर र ललिपुरका १८ स्थानीय तहका साथै काभ्रेको बनेपा, धुलिखेल तथा नुवाकोट समेतको फोहोर फाल्ने गरिएको छ । सिसडोल ल्यान्डफिल साइडको विकल्पका रुपमा करिब १ दशमलव ९ किलोमिटर टाढा रहेको बन्चरेडाँडामा दिर्घकालिन ल्यण्डफिल्ड साइड बनाउने कामले अहिले तिब्रता पाइरहँदा यहाँ समेत विगतका जस्तै समस्या उब्जिने देखिएको छ ।

बञ्चरेडाडामा बन्दै गरेको करिब १ सय बर्षसम्म फोहोर फाल्न मिल्ने बनाइएको ल्याण्डफिड साइडमै अवरोध आउने देखिएको छ । पूर्वाधार निर्माण (सडक, पुल, पहुँच मार्ग, लिचेड, व्यवस्थापन लगायत अन्य पूर्वाधार गरी व्यवस्थापन गर्न तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको फौहोरमैला प्राविधिक सहयोग केन्द्रबाट काम हुँदै आएकोमा फोहोरको बर्गिकरण गरेर व्यवस्थित व्यवस्थापन हुने सम्भावना नै निक्कै कम देखिएको छ । पूर्वाधार विकासमै कमजोरी देखिदा सिसडोलजस्तै फोहोरको पहाड बन्ने त होइन भन्ने चिन्ता स्थानीयमा बढेको छ ।

काठमाडौं महानगरपालिका प्रशासनको बलमा केही दिनमै बञ्चरेडाडामा फोहोर लैजाने तयारीमा जुटिरहँदा विगतका सम्झौताको कार्यान्वयन र ३ हजार मिटर वरपरको बस्ती स्थानान्तरण वा अधिग्रहणको काम सम्पन्न नहुँदासम्म फोहार फाल्न नदिने पक्षमा स्थानीयहरु छन् । उनीहरुले संघर्षसमिति नै बनाएर अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएका छन् । सिसडोलमा स्थानीयलाई बाढिएका आश्वासनहरु पुरा नभएपनि केही टाढाबाढाहरुले भने फोहारमा राजनीति गरेर लाभ लिने गरेको आरोप स्थानीयले लगाउँदैआएका छन् ।

तत्काल स्थानीय जनप्रतिनिधि र सरकारले फोहोर फाल्ने सिसडोलका स्थानीयसँग भएका सम्झौता कार्यान्वयन, वरपरको वस्ती स्थानान्तरण नगर्ने हो भने बञ्चरेडाडामा समेत फोहोर ब्यवस्थापनमा समस्या हुने देखिएको छ । काठमाडौं उपत्यकाको फोहोर समस्या समाधानमा असफल सावित हुँदै आएको काठमाडौं महानगर सिसडोलबाट २ किलोमिटर अगाडि रहेको बञ्चरे डाँडा ल्याण्डफिल साइड निर्माण सम्पन्न भएपछि फोहोरको समस्या सधैका लागि समाधान हुने दाबी गरिरहेको छ । तर फोहोर लैजाने सडकको मर्मत र भण्डारस्थललाई व्यवस्थित बनाउन गम्भिर देखिएको छैन ।

काठमाडौं महानगरसँगै आफ्नो नगरको फोहोर सिसडोल पठाउने स्थानीय तह अनि सडक पूर्वाधारको जिम्मेवारी लिएको सडक विभागसँगै उदारो आश्वासन बाढेर बेमलब बन्ने अन्य सरकारी निकायहरु खोल्पुखोलामा फोहार पानी बगाउँदा र फोहारको दुर्गन्ध फैल्याउदा धादिङ र ककनी क्षेत्रका स्थानीयमा पर्नसक्ने समस्याको दिर्घकालिन समाधानमा पनि गम्भिर बन्ने कि ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बन्चरेडाँडा, #ल्याण्डफिल्ड, #सिसडोल

तपाईको कमेन्ट लेख्नुहोस्