नेपाल बाल संगठनको सरकारी जग्गा बैंक अफ काठमाण्डुमा धितो, ३१ करोड ऋण लिएको खुलासा
काठमाडौं । भारतीय लगानीद्वारा संचालित बृहस्पति विद्या सदनले सरकारी जग्गा धितो राखेर करोडौँ ऋण लिएको पाइएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित नेपाल बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा हत्याएको बृहस्तपति विद्या सदनले ३१ करोड रुपैयाँ निकालेको पाइएको हो ।
कानुन अनुसार सरकारी जग्गा धितो राखेर ऋण लिन नमिल्ने भएपनि राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंक अफ काठमाण्डुले उक्त जग्गा धितो राखेर ३१ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएको हो । बैंकमा बृहस्पति विद्या सदनले उक्त जग्गा ‘लियन’ अर्थात जुन धितो बापतको जग्गा राखेपछि रकम चुक्ता नगरेसम्म स्वामित्व ग्रहण गर्न सक्ने गरी कर्जा लिएको भेटिएको छ ।
तत्कालिन बाल संगठनका अध्यक्ष रीता सिंह बैद्य, लगायत पदाधिकारीले बृहस्पतिलाई सम्झौता गरी जग्गा दिएकी थिइन् । वार्षिक जम्मा ९० लाख रुपैयाँ भाडामा दिइएको उक्त जग्गामा बृहस्पतिले अवैध संरचना समेत निर्माण गरिरहेको छ । सरकारी जग्गा कानुन विपरित धितो राखेर कर्जा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । नेपाल बाल संगठनको जग्गा कब्जा गर्न बृहस्पतिले कमिसन समेत बुझाएको र बालबालिका पढाउन समेत बिद्यार्थीबाट शुल्क उठाइएको आरोप लागेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल बाल संगठन, #बृहस्पति विद्या सदन, #रीता सिंह बैद्य
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्