Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

अक्षता बचत तथा ऋण सहकारीमा ताला, करोडौँ ठगेर सहकारी सञ्चालक फरार


काठमाडौं । गरिब, विपन्न, किसान र न्यून आय भएका व्यवसायी अनि जागिरेहरुले आफ्नो जिवनस्तर माथि उकास्ने उद्देश्यले सानो–सानो पैसा बचत गरेका सहकारीले एकपछि अर्को बद्मासी गरिरहेका घटना सार्वजनिक भइरहेका छन् । सामान्य नागरिकलाई विभिन्न प्रलोभनसहित बचत जम्मा गर्न लगाएर उनीहरुको पैसामा रजाँई गर्दै सञ्चालक भने रातारात मालामाल बनिरहेका छन् । सहकारीमा सञ्चालकले गर्दैआएको हालिमुहाली र मनोमानी रोक्न राज्यका निकायहरु गम्भिर नबन्दा बचतकर्ता र ऋणीहरु पीडित बन्ने क्रम थप बढिरहेको छ ।

सामान्य रोजगारी वा पसल व्यवसायमार्फत गरिएको सानोतिनो आम्दानीलाई बचतमार्फत नागरिकको जीवनस्तर उकास्न सहयोग पुर्याउने वित्तिय संस्थाका रुपमा हेरिएको सहकारी अभियान नै यतिबेला यस्ता गतिबिधिहरुले बद्नाम बनिरहेको छ । यसरी बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारिहरुको भीडमा बौद्ध टुसालमा प्रधान कार्यलय र बानेश्वरमा सेवा केन्द्र रहेको अक्षता बचत तथा ऋण सहकारी संस्था समेत थपिएको छ । अहिले यो सहकारिका संचालक बचकर्ताको करोडौं रकम अपचलन गरेर फरार भएका छन् ।

२०६५ सालमा स्थापन भएको सहकारीको शेयरपुजी दश करोड रहेको छ । संस्थाका सन्चालकहरुले मनालगि रुपमाँ वचतकर्ता र शेयरसदस्यहरुको रकम घर जग्गा लगायत ब्यत्तीगत खर्चमा प्रयोग गरेपछि सहकारी डुबेको पाइएको छ । पछिल्लो केही हप्तादेखि सहकारीले सहज रुपमाँ वचतकर्ताको रकम फिर्ता गर्न नसकेको र संस्थाका अध्यक्ष निमा पाख्रिन सम्पर्क विहिन भएको हल्ला चलेपछि सहकारीमा बचत रकम झिक्न सहकारी संस्थाको कार्यालयमा सयौं जना बचतकर्ताहरु धाइरहेका छन् ।

संस्थाको प्रधान कार्यलय र सदस्य सेवा केन्द्रमा दिनहुँ सयौं बचतकर्ताको भिड लाग्ने गरेको छ । तर सहकारीका सन्चालकहरु भने कार्ययलमा ताला लगाएर सम्पर्क विहिन छन् । सन्चालकसँगै कर्मचारीहरु सकेत सम्पर्कमा नआएपछि यतिबेला वचतकताहरुले कर्मचारहीको समेत खोजी गरिरहेका छन् । बानेश्वर सेवा केन्द्रमा मार्कटिङको काम गदै आएकी एक कर्मचारीले सहकारीका सन्चालकले मनलाग्दि रुपमा वचतकर्ताको रकम चलाउदा सहकारी डुबेको बताइन् । सहकारीका सञ्चालकहरु फरार भएपछि वचकर्ताहरु कहिले सहकारीको कार्यलय त कहिले सहकारी विभाग धाईरहेका छन ।

विभागमा पुगेका पिडित वचतकतालाई प्रदेश कार्यलयमा उजुरी दिन भनिएको छ । सहकारीको अधिकार क्षेत्र तीन तहमा विस्तार भएसँगै वचतकर्ता थप अन्योलमा परेका छन । कतिपयले आफनो वचत फिर्ता पाउने आशा मारेका छन भने कतिपय रकम पाउने आशामा विभिन्न निकायमा धाईरहेका छन । सञ्चालकको चरम मनोमानी र उत्पादनमुलक क्षेत्रमा भन्दा लामो समयसम्म स्थिर रहने क्षेत्रमा गरिएको लगानीका कारण यतिबेला अधिकांश सहकारीहरु चरम तरलता अभावको सामना गरिरहेका छन् ।

बचत फिर्ता दिन नसकेर अधिकांश सहकारीहरु भागिरहँदा ऋण लगानी समेत गर्न सकिरहेका छैनन । बचतकर्ता र ऋणीसँगै सहकारीलाई धारासायी हुनबाट जोगाउने भन्दै सहकारी अभियानमा होमिएकाहरु राजनीति र आफ्नै स्वार्थमा हराउँदा सहकारीप्रतिको जनविश्वास दिनप्रतिदिन खस्किने गरेको छ । अब अक्षता बचत तथा ऋण सहकारीबाट पीडित बनेका बचतकर्तालाई बचत फिर्ता दिन अभियन्ता र सरकारका निकायहरुले कस्तो भूमिका खेल्छन, यो भने हेर्न बाँकी नै छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अक्षता बचत तथा ऋण सहकारी, #अध्यक्ष निमा पाख्रिन, #शेयरपुजी

तपाईको कमेन्ट लेख्नुहोस्