नेता एमसीसीबारे काँध जोडेर डिनरमा, कार्यकर्ता भने प्रहरीमाथि ढुंगा मुढा हान्ने(फोटो कथा)

काठमाडौं । आइतबार बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकमा नेताहरु समयमै पुगे । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति जनाए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यब्यवस्था परामर्शको बैठकमा माओवादी र समाजवादीका नेताहरु पुगे । त्यहा माओवादीका तीन नेताले असहमति जनाएपनि समाजवादीका कुनै नेताले असमति जनाएको कुरा बाहिरिएन । अन्तत् संसदमा एमसीसी पेश गर्ने कार्यसूची बन्यो र संसद बैठक सुरु भयो ।
मन नहुँदा नहुँदै पनि सभामुख सापकोटाले एमसीसी पेश हुने कार्यसुची छ भन्ने जानकारी दिए । नेकपा एमालेले भने सधैं झै आइतबारको बैठकमा पनि अवरोध पुर्यायो । तर, अरु बेला चर्को स्वरमा नारा लगाएको एमाले एमसीसी पेश गर्दा भने नरम बनेको देखियो । यो त संसदमा देखिएको दृश्य भयो । तर, संसदमा काधमा काध जोडेर नेता बस्दा सडकमा भने कार्यकर्ता प्रहरीलाई ढुंगा हान्न ब्यस्थ थिए । बिहानैदेखि बानेश्वरमा सुरक्षाका लागि बसेका उनै प्रहरीलाई तारो बनाउदै कार्यकर्ता भने ढुंगा मुढा गरिरहेका थिए ।
आफनै नेताहरुले एमसीसी टेवल गर्दा भित्रभित्रै खुसी बनाउदा कार्यकर्ताले भने सुरक्षाकर्मीलाई तारो बनाएपछि यतिबेला दोहोरो चरित्र भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । के सुरक्षा दिन बसेका सुरक्षाकर्मीलाई नै ढुंगा मुढा गर्नु ठिक हो त ? उनै आन्दोलनकारीलाई प्रश्न सोधिरहेका छन् । एमसीसीमा सम्झौता गर्ने आफना नेताहरुको बचाउ गर्ने र केही भन्न नसक्ने कार्यकर्ता एमसीसीको बिरोध गरेको फिटिक्कै नसुहाएको टिप्पणी हुन थालेको छ । आन्दोलनलाई उग्र बनाउदै गरिएको प्रर्दशनले सडकमा हिडिरहेका सामान्य नागरिकले भने प्रहरीको लाठी खाएका छन् ।
अर्कोतर्फ संयमित हुनुपर्ने प्रहरी समेत अनाहकमा नागरिक कुटिरहेको देखिन्थ्यो । सत्तारुढ दलकै भातृसंगठनले सरकारविरुद्ध चर्को नाराबाजी लगाउँदै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।
कस्तो थियो बानेश्वर हेरौं तस्वीर
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमसीसी टेवल, #शेरबहादुर देउवा, #सत्ता गठबन्धन, #सुरक्षाकर्मीलाई तारो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्