सत्तारुढ गठबन्धनमा राजदुत नियुक्तीमा सकस, २० देश राजदुत विहिन

काठमाडौं । राजनीतिक भागबण्डा मिल्न नसक्दा सरकारले २० देशमा राजदूत नियुक्त गर्न सकेको छैन । गत कार्तिक ११ मा अमेरिका, भारत र बेलायतका लागि राजदूत नियुक्त गरे पनि बाँकी २० मुलुकमा भने राजदुत पठाउन सकेको छैन । सरकारले कार्तिकमा भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत नियुक्त गरेको हो ।
गत असोज ५ गते देउवा सरकारले ओली सरकारले राजनीतिक रुपमा नियुक्त गरेका चीनसहित १२ मुलुकका राजदूत फिर्ता बोलाएको थियो । बाँकी ११ मुलुक पहिलेदेखि नै राजदूतविहिन थिए । राजनीतिक नियुक्तिको आधारमा राजदूत बनेकाहरुलाई फिर्ता बोलाइए पनि नयाँ राजनीतिक समझदारी बनिनसकेकाले ती मुलुकहरुमा राजदूतहरुको कोटा खाली छ ।
अहिले चीन, जापान, दक्षिण अफ्रीका, बहराइन जस्ता देशहरुमा नेपालले राजदूत पठाउन सकेको छैन । त्यस्तै बंगलादेश, मलेशिया, स्पेन, कतार, इजरायलमा पनि राजदूत छैनन् । त्यस्तै राजदूत नभएका अन्य मुलुकहरु अष्ट्रेलिया, डेनमार्क, इजिप्ट, म्यानमार, रुस, साउदी अरब र श्रीलंका हुन् । पूर्वराजदूत भेषबहादुर थपा राजनीतिक अस्थिरताका कारण कुटनीतिक क्षेत्र पनि प्रभावित भएको बताउँछन् । नेपालमा छिटोछिटो सरकार परिवर्तन हुने र सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारका राजदूतहरुलाई फिर्ता बोलाई आफ्नो मान्छे पठाउने होडका कारण यस्तो अवस्था सिर्जना भएको थापाको बुझाई छ ।
लामो समयसम्म राजदूत रिक्त रहँदा र क्षमता नपुगेको व्यक्ति राजदूतमा नियुक्त हुँदा देश नै अपहेलित हुनुपर्ने अवस्था रहने थापाको भनाई छ । राजनीतिक भागबण्डा मिलाउन खोज्दा राजदूत नियुक्तिमा ढिलाई हुने गर्दछ । योग्यता र क्षमताको आधारमा भन्दा पनि आफू निकट व्यक्तिलाई राजदूतजस्तो महत्वपूर्ण पदमा पठाउँदा त्यसको क्षेती भने देशले वेहोर्नु परेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२० देशमा राजदूत, #देउवा सरकार, #राजनीतिक भागबण्डा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्