सत्ता गिराउनेदेखि बनाउनेसम्मका पात्र प्रचण्ड, एमसीसीले कमजोर, सत्ता गठबन्धन जोगाउन दौडधुप
काठमाडौं । नेपाली राजनीतिमा साढे २ दशकभन्दा लामो समयदेखि निरन्तर चर्चाको केन्द्रमा रहेको नाम हो, प्रचण्ड । कहिले ससस्त्र विद्रोहको नेतृत्वकर्ता त कहिले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको अध्यक्षका रुपमा चिनिएका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक ओजमा अहिले पनि कमी आएको छैन । जब जब मुलुक र दलहरु राजनीतिको पासोमा फस्छन्, तब तब त्यसमा अनेक जालझेल गरेर प्रचण्डले नै सुझाउने गरेका छन् ।
अहिले पनि उनी त्यही भूमिकामा देखिन खोजेका छन् तर, असफल भइरहेका छन् । कहिल्यै आफैँले सिर्जना गरेको त कहिले अरुद्वारा सिर्जित राजनीतिक समस्याको हल गर्नु पर्दा उनै प्रचण्डले दलहरुलाई नयाँ कार्ड फ्याक्ने गरेका छन् । अहिले नेपालको राजनीति अनकेौँ समस्याबाट गुज्रिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउनु पर्ने जिम्मा वर्तमान सरकारलाई छ । तर, पाँच दलीय सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा संशोधन बीना एमसीसी संसदबाट पारित गर्न नहुने अडानमा छन् । सत्ता गिराउन र बनाउन माहिर मानिएका प्रचण्ड यतिबेला भने कमजोर भएका छन् ।
यही अडानमा रहेका प्रचण्ड एमसीसीमा दोहोरो चरित्र देखाएर विवादित बनेका छन् । सत्ता बढाउन र गिराउन माहिर प्रचण्ड यतिबेला भने निक्कै तनावमा छन् । बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर गठबन्धनलाई जोगाउन दौडधुप गरिरहेका छन् । आगामी तीनै तह तहको निर्वाचनमा जान उनले गठबन्धनकै साहारा खोजिरहेका छन् । तर, गठबन्धनमा एमसीसीकै कारण दरार आउने देखिएको छ । आगामी स्थानिय तहको निर्वाचनमा गरिने भागबन्डालगायत एमसीसीलाई स्थानीय तहको निर्वाचनपछि मात्रै संसदमा प्रवेश दिलाउने विषयमा प्रचण्ड र नेपाल सहमतिमा पुगेपनि प्रधानमन्त्री देउवा त्यो मान्न तयार छैनन् ।
प्रचण्ड यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।
स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । एमसीसी पास गराउन देउवाले कांग्रेस बैठकमै सहमति जुटाएका छन् । प्रचण्ड अझै एमसीसीको पक्षमा छैनन् । गठबन्धन टुटाएर भएपनि एमसीसी पास गराउने देउवाको रणनितिमा अव प्रचण्डले ब्रेक लगाउन सक्छन् या सक्दैनन् उनको परिक्षा सुरु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सम्पादकीय
ट्याग : #एमसीसी सम्झौता, #तीनै तह तहको निर्वाचन, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्