मन्त्री प्रेम आलेको कडा कदम,होटेल याक एण्ड यती बन्द गर्न निर्देशन(पत्रसहित)
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो बन्द गर्ने कडा कदम चालेका छन । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको भन्दै मन्त्री आलेको निर्देशनमा पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो ।
पटक–पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत नै होटललाई कारवाही गरिएको हो । बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए ।
मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ ।
होटल तथा क्यासिनो सञ्चालन नगर्न गरिएको पत्राचार

क्याटेगोरी : अर्थ, जनगुनासो, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्री प्रेम आले, #रोयल्टी नतिर्दा उठिबास, #होटल याक एण्ड यती
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्