Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

ज्योतिषले देउवालाई दिएको चुनावी मिति बैशाख ३०,ज्योतिषीकै कारण अघि सर्यो मिति


काठमाडौं । केहीदिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचनबारे छलफल गरे । जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भयो । प्रधानमन्त्री देउवाले जेठ ४ मै निर्वाचनको मिति तोक्न मन्त्रीपरिषद मार्फत तोक्छन् भन्ने सबैलाई लागेको थियो । तर, सोमबार बस्न लागेको मन्त्रिपरिषद बैठकले जेठ ४ मै चुनावी मिति घोषणा गर्छ भन्ने लागेको थियो । तर, मिति आयो अर्कै ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा पाँच दिन अगाडि निर्वाचनको मिति सार्न प्रधानमन्त्री देउवाका बिश्वासपात्र ज्योतिषीको भूमिका रहेको पत्ता लागेको छ । प्रधानमन्त्री देउवाले आफू निकट ज्योतिषी सुरेशचन्द्र रिजालसँग चुनावी मिति परामर्श गरेका थिए । उनले बैशाख ३० मै उपयुक्त भएको सुझाव दिएका थिए । जेठ ४ को मा जेष्ठा नक्षेत्र परेकाले राम्रो नदेखिएको रिजालले देउवालाई जानकारी दिएका थिए । वैशाख ३० गते शुक्रवार र अमृत योग पनि परेको छ । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति ज्योतिषीसँगको परामर्शमै घोषणा भएको हो ।

प्रधानमन्त्री देउवाले हरेकजसो महत्वपूर्ण निर्णय लिनुअघि ज्योतिषीय परामर्श गर्ने गरेका छन् । ज्योतिषीले बैशाख ३० मा निर्वाचन गर्न सुझाव दिएपछि प्रधानमन्त्री देउवाले निर्वाचनको मिति केही दिन अघि सार्नेबारे निर्वाचन आयोगसँग परामर्श पनि मागेका थिए । आयोगले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा पनि फरक नपर्ने भनेपछि देउवाले वैशाख ३० चुनाव गराउने निर्णय सोमवारको मन्त्रिपरिषद् बैठकबाट गराएका हुन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्योतिषी सुरेशचन्द्र रिजाल, #ज्योतिषीले बैशाख ३० मा, #प्रधानमन्त्री देउवा, #स्थानीय तहको निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्