माइतीघरमा प्रर्दशनकारी पूर्व डीआईजी रमेश खरेललाई प्रहरीको स्यालुट

काठमाडौं । माइतीघरमा शनिबार नयाँ पार्टी गठन गरेका नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका रमेश खरेल पहिलोपटक आन्दोलनका रुपमा प्रदर्शनमा उत्रिए । लिपुलेकमा भारतीय हस्तक्षेप, सार्वजनिक सम्पत्तिको किनबेच र बढ्दो महंगीविरुद्ध खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले प्रदर्शन गरेको थियो ।
खरेलको पार्टीले विभिन्न विषयमा ३१ बुँदे मागपत्र समेत सार्वजनिक गरेको छ । माइतीघरमा करिब आघा घण्टा प्रदर्शन गरेपछि खरेल त्यहाँ खटिएका प्रहरी अधिकारीहरुसँग भलाकुसारीमा लागे । फिल्डमा खटिएका प्रहरीहरुले खरेललाई स्यालुट गरे अनि खरेलले स्यालुट पनि फर्काए । फौजीमा जर्नेल नेभर रिटार्ड’ भन्ने मान्यता हुन्छ । खरेल अहिले प्रहरी संगठनमा छैनन् ।
उनले बढुवाप्रति असन्तुष्टि जनाउँदै डीआईजीबाटै राजीनामा दिएका थिए। प्रहरी अधिकारीहरुले कुनै दलको नेता भन्दा पनि आफ्नै पूर्वकमाण्डरका रुपमा खरेलप्रति आत्मीयता प्रकट गरेका हुन । खरेलले पनि आफ्ना पूर्वसहकर्मीहरुसँग आत्मीयता दर्शनाउन चिनजान गरेका होलान् । भलाकुसारी गरेपछि खरेल आन्दोलन सकेर फिर्ता भएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्व डीआईजी, #प्रदर्शन, #रमेश खरेल
ताजा खबर
- १पार्टी घोषणाको एकसाता नपुग्दै वामदेव गौतम निष्कासित,लगाइयो ५ गम्भिर आरोप
- २कालिमाटीको स्मृति बचत तथा ऋण सहकारी संस्था भाग्न खोजेपछि पर्यो स्थानीय र प्रहरीको फन्दामा
- ३स्वतन्त्रबाट चुनाव उठ्दा स्नातक अनिवार्य पास,६८ वर्षमाथिलाई निषेध गर्ने गरी बन्यो मापदण्ड
- ४टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
- ५करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्