धोबीखोला करिडोर सडकमा मन्त्री रामकुमारी झाँक्रीको छड्के,निर्माण सामग्री हटाइन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमण अनुगमन गरेकी छन् । काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमणमा परेका थिए । जसले गर्दा सवारी चालक र पैदलयात्रीले सास्ती खेप्दै आएका थिए ।
मन्त्री झाँक्रीले करिडोरमा राखिएका निर्माण सामाग्री हटाउन लगाएकी थिइन । डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो । धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामाग्री राखिएको थियो ।
यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको छ । फेरी सडक ओगटेर राखेमा जरिवाना गर्ने चेतावनी दिइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्री, #सडक अतिक्रमण
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्