हराएको २४ लाख डोज खोप खोज्न बनाइयो छानबिन समिति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको कोभिड १९ विरुद्धको २४ लाख डोज खोप खोज्नका लागि छानविन समिति बनाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डाक्टर अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा छन्। समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले समिति गठन गर्न निर्देशन दिएका थिए। मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्रले समितिले २ सातामा प्रतिवेदन बुझाउने जानकारी दिइन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #२४ लाख डोज खोप, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्