एकैदिन ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण गरिएको थियो ।
मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४ सय ३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।
अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८ सय ५८ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४ सय ३६ जना निको हुँदा कुल ११ हजार ६ सय ९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्