चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन मन्त्रालयको आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई ठगिएका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।
हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफनो समस्या खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना info@tourism.go.np मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।
यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो । कोरोना महामारीको त्रासमा रहेका नागरिकलाई लुट्न सेटिङमा बढी भाडा लिएर उद्धारको नाटक गरिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोभिड–१९ को सङ्क्रमण, #यात्रु चार्टर उडान
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्