राष्ट्रियसभाको १९ सिटमध्ये १८ सत्ता गठबन्धन विजयी, क्लीन स्वीप हुनबाट बच्यो एमाले
काठमाडौं । १९ पदका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका हुन् । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो ।
नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले शानदार जित हासिल गरेको छ । यद्यपि, गठवन्धनलाई ‘क्लीन स्वीप’ गर्नबाट भने एमालेले एक सिट जितेर रोकेको छ । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको हो । यस प्रदेशमा पनि गणितीय हिसाबले गठवन्धन नै बलियो थियो । त्यही भएर गठवन्धनका नेताहरु क्लीन स्वीपको दावी गरिरहेका थिए ।
गठवन्धनको सो दावीलाइ फेल खुवाएको भन्दै एमाले पंति खुशी बनेको छ । साथै, शेर्पाको विजयले राष्ट्रियसभामा एमालेलाई नै ठूलो पार्टीका रुपमा कायम राखेको छ । आजको चुनावअघि राष्ट्रिय सभामा २३ सिटसहित सबैभन्दा ठूलो दल थियो । चुनावबाट ७ सिट गुमाए पनि एक जितका कारण एमाले ठूलो दल बनिरहन सफल भएको हो । एमालेसँग राष्ट्रियसभा अध्यक्षसहित १६ सांसद छन् ।
पहिले र अहिले राष्ट्रियसभामा सिट
पहिले
एमाले–२३
माओवादी–१४
कांग्रेस–७
एकीकृत समाजवादी– ७
जनता समाजवादी–१
लोसपा– १
अहिले
एमाले–१६
माओवादी–१५
कांग्रेस–१०
एकीकृत समाजवादी–८
जनता समाजवादी– २
राष्ट्रिय जनमोर्चा–१
लोकतान्त्रिक समाजवादी–१
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #राष्ट्रियसभा निर्वाचन
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्