Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

कहाँ हरायो प्रधानन्यायाधीश जबराबिरुद्धको आन्दोलन,नेपाल बार पर्यो आफै थला


काठमाडौं । कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध नेपाल बारले आन्दोलन गरेपनि अहिले भने आन्दोलन लगभग सकिएको छ । कोरोना भाइरसको संक्रमणका कारण भर्चुअल आन्दोलन गर्ने भनेर बारले भौतिक आन्दोलनलाई अन्तिम रुप दिएको हो । सर्वोच्च अदालतमा बेथिति र भ्रस्ट्राचार मौलाएको भन्दै प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनमा होमिएको थियो । तर नेपाल बारको आन्दोलन सुरुवाती चरणमा बलियो देखिएपनी पछी भने कमजोर बन्दै गयो । त्यसमाथि प्रधानन्यायाधिस जबराले राजिनामा नदीई गोलाप्रथा लागु गर्ने देखी आफुले कुनै इजलासमा नबस्ने घोषणा गरेसङ्गै आन्दोलन अझै बढी कमजोर बन्न पुग्यो ।

त्यसो त यो आन्दोलन प्रती नेपाल बार कै पदाधिकारीले असन्तुस्टी जनाएका थिए । जसका कारणले पनि आन्दोलन कमजोर बन्दै गयो । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग वा राजीनामाको विषय अब समाप्त भएको भन्दै भोलिदेखि नै प्रधानन्यायाधीशले बेञ्चमा बस्न सुरु गर्नुपर्ने बताउछन् । उनले प्रधानन्यायाधीश जबरालाई तुरुन्तै न्याय सेवा आयोगको बैठक बोलाउनसमेत आग्रह गरेका छन् ।

पोखरेलले प्रधानन्यायाधीश जबराले प्रशासनिक क्रियाकलाप बढाउनुपर्ने बताउदै तुरुन्तै संवैधानिक इजलास पनि गठन गरेर सुनुवाई सुरु गर्नुपर्ने बताएका छन् । उनले प्रधानन्यायाधीश जबरालाई काम गर्न नदिने भन्ने कुरै नहुने पनि तर्क गरे । पछिल्लो समय आन्दोलन कमजोर बन्दै जाँदा कोरोनाको बहाना बनाएर नेपाल बारले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ ।

बुधबार विज्ञप्ती निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिएका हुन् । विज्ञप्तीका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट ब्यापक अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिइनेछ । तर, आन्दोलन कमजोर भएको र सकिएको बिषयलाई भने बारका अन्य पदाधिकारी स्विकार गर्दैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गर्दै आए पनि अन्य संघ सस्थाबाट उनीहरुले साथ भने पाएनन । अझै विभिन्न राजनीतिक दललाई बारम्बार गुहार मागेपनी राजनीतिक दल मौन बसिदिदा बारको आन्दोलन कमजोर बन्न पुग्यो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चोलेन्द्र शमशेर जबरा, #बार आन्दोलन

तपाईको कमेन्ट लेख्नुहोस्