Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

भोजपुरी फिल्मका नायक खेसरीलाल यादव तनावमा, गाडी र बाध्ययन्त्रको क्षति कसले दिन्छ ?


काठमाडौैं । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो झट्ट हेर्दा तपाईलाई लाग्न सक्छ कुनै फिल्मको सुटिङ भइरहेको छ । तर, नझुक्किनुहोस त्यो त भारतका भोजपुरी फिल्मका नायक खेसरीलाल यादव कार्यक्रमस्थलमा नआएपछि दर्शकले नै स्टेजदेखि गाडी र संरचना नै जलाइदिएपछि यतिबेला आयोजकलाई तनाव भएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ मा महोत्सव आयोजना गरिएको थियो । माघ ४ गते सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर, नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी नै दिइएको थिएन ।

जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोक लगायो तव मात्रै उनीलाई थाहा भयो कोरोनाका कारण कार्यक्रम स्थगित गर्न प्रशासनले गरेको आग्रह समेत आयोजकले अटेरी गरेको रहेछ । नायक यादव कार्यक्रमस्थलमा नपुगेपछि सर्वसाधारणले आयोजकको गाडी सहित सम्पुर्ण संरचनामा आगजनी गरेका हुन् । आयोजक समितिले भारतीय कलाकार खेसरीलाल यादव आउने भन्दै सर्वसाधारणलाई तीन सय र पाँच सय दरका टिकट अग्रिम बिक्री गरिएको थियो । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले बल समेत गर्नु परेको थियो ।

तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको कलाकार खेसरीलाल यादवले बताएका छन् । प्रशासनले खेसरीलाललाई विराटनगरमा नै रोकेपछि आक्रोशित तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरेका थिए । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै खेसरीलालले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् ।

गाडीहरू, बाध्ययन्त्रमा क्षति पुगेको उनको भनाइ छ । यो घटनामा स्थानीय प्रशासन र सर्वसाधारण कसैको पनि दोष नरहेको यादवले बताए । पर्यटकीयस्थल बर्जु तालमा पुस २३ गतेदेखि बर्जु महोत्सव जारी थियो । कोरोना संक्रमण बढेपछि पुस २७ गते स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दियो । तर, अटेर गरेपछि माघ २ गते पुनः रोक्नका लागि लिखित निर्देशन पनि दिइयो । त्यसपछि पनि आयोजक समितिले मंगलबार खेसरीलाललाई बोलाएको थियो । स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो ।

कोरोना महामारी फैलिइरहेको छ । प्रशासनले कार्यक्रम रोक्नु भन्दै पत्राचार नै गरेको छ । तर, महामारीको समयमा अटेरी गरी कार्यक्रम गर्ने आयोजकलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । भारतमै पुगेर यादवलाई १० लाख भारु अर्थात् १६ लाख रुपैयाँ पारिश्रमिक आयोजकले अग्रिम भुक्तानी गरेको थियो । तर, कार्यक्रम रोक्न दवाव आएपछि आयोजक समस्यामा पर्यो । पारिश्रमिक लिइसकेका यादवले पैसा फिर्ता गर्न चाहेका थिएनन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खेसरीलाल यादव, #भोजपुरी फिल्मका नायक खेसरीलाल यादव, #सुनसरीको बर्जु महोत्सव

तपाईको कमेन्ट लेख्नुहोस्