कोरोनाको फेरि नयाँ रेकर्ड, एकैदिन ११ हजार ३५२ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ६३४३
काठमाडौं । पछिल्लो दुई दिनदेखी कोरोनाभाइरस संक्रमणले उच्च रेकर्ड बनाइरहेको छ । बुधबार मात्रै पनि महामारी सुरु भएयताको उच्च रेकर्ड बनाउँदै देशभर ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्ड अनुसार मुलुकभरको संक्रमणदर ५२ दशमलब ६ प्रतिशत पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको जानकारि दिए । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो अवधिमा ६१३ जनाले कोरोना जितेका छन् ।
काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ जनामा कोरोना संक्रमण
बुधबार काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९, काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित थपिएका छन् ।
तेश्रो लहरसँगै महामारिले तिब्रता पाउँदा अस्पताल पुग्नेहरुको संख्या समेत बढ्न थालेको छ । यद्यपी विगतको जस्तो उच्च जोखिमा पर्नेहरुको संख्या भने कम भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्