Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

सिनेमा हल, डान्स बार, दोहोरी, जिम खाना माघ १५ गतेसम्म बन्द, सरकारले ल्यायो यस्ता मापदण्ड


काठमाडौं । सरकारले कोरोना महामारीको जोखिम नियन्त्रण तथा रोकथाम सम्बन्धी आदेश २०७८ जारी गरेको छ । मन्त्रीपरिषद्को गत पुस ३० गतेको बैठकबाट पारित आदेशका बारेमा सरकारले आइतबार जानकारी दिएको हो । आदेशपछि विभिन्न राजनीतिक, धार्मिक, सामाजिक तथा अन्य गतिविधि संचालनमा रोक समेत लगाइएको छ । सरकारले सबै प्रकारका सभा, जुलुस, भेला लगायतका राजनीतिक गतिविधीमा माघ मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको छ । त्यस्तै भौतिक रुपमा उपस्थित भएर गरिने गोष्ठि, सेमिनार, बैठक आदि सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पालनालाई अनिवार्य बनाइएको छ ।

सरकारको आदेश अनुसार त्यस्ता बैठकहरुमा एन्टिजेन्ट परीक्षणको रिपोर्ट नेगेटिभ आएका बढिमा २५ जना मात्रै सहभागी हुन पाउने छन् । साथै माघ ७ गतेपछि खोपकार्ड देखाएर मात्रै त्यस्तो कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरी, जिम खाना, फुटसल, पटके हाटबजार लगायतका भीडभाड हुने स्थानहरु सञ्चालनमा माघ १५ सम्मपूर्ण प्रतिबन्ध लगाइएको छ । यसका अतिरिक्त विद्यालय, विश्वविद्यालय, र विभिन्न तालिम केन्द्रहरु भौतिक उपस्थितिमा सञ्चालन गर्न तथा सपिङ मल, डिपार्टमेन्ट स्टोर र अन्य प्रकारका पसलमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाइने व्यवस्था गरिएको छ ।

पार्टी प्यालेसमा प्रशासनको अनुमतिपछि क्षमताको एक तिहाइ वा बढीमा ५० जना भन्दा मात्रै उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै विभिन्न खेल सञ्चालन हुने समयमा रङ्कशालामा एक पटकमा कूल क्षमताको एक तिहाई भन्दा बढी उपस्थित हुन नपाउने व्यवस्था गरिनुका साथै माघ ७ पछि खोपका पूरा मात्रा लगाएकालाई मात्रै प्रवेश दिइनेछ । सरकारले कोरोना नियन्त्रणको लागि आदेश त दियो तर यसको प्रभावकारी कार्यान्वयन र अनुगमन हुनेमा प्रति भने आशंका गर्ने प्रसस्त ठाउँ छ ।

नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेश जारी गर्दै गर्दा अस्पताल तथा विभिन्न खोप केन्द्रहरुमा भने कोरोनाको तेस्रो खोप अर्थात बुस्टर डोज लगाउनेहरुको भीड थामी नसक्नु थियो । त्यो भीडले सरकारले पालना गराउन खोजेका मापदण्डहरुको धज्जी समेत उडाएको देखिन्थ्यो । कतिपयले मास्क समेत लगाएका थिएनन् तथा कतै भौतिक दुरी पालना भएको थिएन । सरकारको घोषणा एकातिर छ, शहरबजारमा देखिने भीडको वास्तविक चित्रै अर्कैै छ । यसबाटै प्रष्ट हुन्छ, सरकार आदेश जारी गर्छ तर, पालना गराउन ध्यान दिँदैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना महामारी

तपाईको कमेन्ट लेख्नुहोस्