गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज,कोरोना संक्रमणको प्रभाव
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका पास खारेज गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको हो।
एक सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने।’ मन्त्रालयले सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरुबाटै नै प्रवेश दिने जनाएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना महामारी, #गृह मन्त्रालयले सिंहदरबार
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्