केही सातामै युरोप ओमिक्रोनबाट संक्रमति हुन्छः विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् ।
सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो प्रक्षेपण गरिएको छ । दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।
पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ । पूर्ण मात्रा खोप लगाएका मानिसहरूलाई पनि यसले सङ्क्रमित बनाउन सक्ने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, शिक्षा स्वास्थ्य
ट्याग : #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्