बतास ठेक्का प्रकरणः सचिवलाई दोष देखाउदै कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले ठेक्का पाएपछि विवादमा तानिएका दाहालले राजीनामा दिएका हुन् । ठेक्का प्रकरणको छानबिन गर्न मन्त्रालयले बनाएको समितिलाई उनलाई कारवाही गर्न सिफारिस गरेको थियो । कारवाही सिफारिस भएको भोलिपल्ट नै उनले राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा दाहालले बतास समूहलाई दिइएको ठेक्का प्रक्रियाको बारेमा आफ्नोे बचाउ गरेका छन् । उनले तत्कालिन समयमा समितिका अध्यक्ष समेत रहेका संस्कृति सचिव केदार अधिकारीको अध्यक्षमा बसेको बैठकले गरेको निर्णय अनुसार क्याफ्ररिया भाडामा दिन टेण्डर आह्वान भएको बताएका छन् । सचिव अधिकारीको अध्यक्षमा बसेको बैठकले गरेको निर्णय अनुसार नै प्राविधिक र आर्थिक प्रस्ताव माग गरी टेण्डर प्रक्रियाबाट बोलपत्र आह्वान गरी दररेट निर्धारण समेत गरी तीन वर्षका लागि भाडामा दिइएको बताएका छन् ।
सफा मनले काम गर्दापनि अनर्गल दुष्प्चार गरी सामाजिक प्रतिष्ठामा समेत असर पर्नेगरी समाचार सम्प्रेसण भएको उल्लेख गर्दै उनले मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सहयोग पुगोस भनेर नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । २०७६ साल मंसिरमा मन्त्रिपरिषदले दाहाललाई चार वर्षका लागि समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भेषनारायण दाहाल
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्