नेपालमा २४ जना ओमिक्रोन भेरियन्टका संक्रमित भेटिदा,एकैदिन दोब्बरमा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनाभर संकलित जम्मा १ हजार १ सय ४६ पोजिटिभ नमुनाहरुको एस–जिनस्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना अर्थात २२ प्रतिशतमा एस–जिन नेगेटिभ पत्ता लागेको छ । एस–जिन नेगेटिभ पत्ता लागेका २४ वटा नमुनाको जिनसिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । यो सँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुनसक्ने बिरामीको अत्याधिक चापलाई ध्यानमा राखेर सबै अस्पताललाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरूको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बढ्यो एकैदिन दोब्बर संक्रमण
शुक्रबार एकैदिनमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केहीदिनयता कोरोना संक्रमण तिव्रगतिमा बढ्न थालेको छ । शुक्रबार एकैदिनमा पिसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५ सय४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४ सय भन्दा बढी थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै २ सय ८४, ललितपुरमा ६२, भक्तपुरमा २३, जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण अझै बढ्नसक्ने र अबको केही सातामा कोरोनाको तेसा्रे लहर आउन सक्ने हँुदा सर्तकताअपनाउन विज्ञको सुझाव छ । कोरोना संक्रमणका कारण भने विगत २४ घण्टाभित्र कसैको पनि ज्यान गएको छैन् । यो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६२ रहेको छ ।
हालदेशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँचहजार ७ सय ४१ रहेको छ ।उनीहरुमध्ये ५ हजार २ सय ८६ जना होमर्आसोलेसन र ४ सय ५५ जना संसथागत आइसोलेसनमा छन् । उपचारमा भएकामध्ये ८१ जना को आइसियु र १५ जनाको भेन्टिलेट्रमाउपचार भइरहेको ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्