नेकपा एमालेको ७७ जिल्लाको अधिवेशन आज,नेतृत्वका लागि धेरै जिल्लामा हानथाप
काठमाडौं । नेकपा एमालेले आज देशभर जिल्ला अधिबेशन गर्दैछ । यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने कार्यक्रम तय भएको छ । ओलीले काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई भने कार्यक्रमै पुगेर सम्बोधन गर्नेछन् ।
केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशन आज एकैपटक हुनेछ। एमालेको रोल्पाको अधिवेशन पनि रोकिएको छ। हिजो एमाले जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएकोले त्यहाँको अधिवेशन रोकिएको हो। अधिवेशनको तयारीमै रहेका बेला रोकाको हृदयघातका कारण निधन भएको थियो। एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागिएको हो ।
मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्। यस्तै गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन्। उपत्यका कमिटी अन्तर्गत पेशागत, विद्यार्थी, मजदूर र उद्योग व्यवसाय गरी ४ वटा कमिटी छन्। सम्पर्क मञ्चको प्रदेश कमिटी पनि जिल्ला कमिटी बराबर हैसियतमा रहन्छ। पुस मसान्तभित्र गैर भौगोलिक जिल्ला कमिटीको पनि अधिवेशन हुनेछ ।
यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ। यस्तै अखिल नेपाल किसान महासंघ राष्ट्रिय सम्मेलन २०७८ फागुन २८ गते रौतहटमा गर्ने छ। महासंघको माघ २८ मा जिल्ला र फागुन १ देखि ७ सम्म प्रदेश अधिवेशन गरिसक्ने छ। एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्