राष्ट्रपति भण्डारी,प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता, के के भयो कुराकानी
काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको बताइएको छ ।
महासचिव लेक्फिलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई पनि काठमाडौंमा भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री खड्कासँगको भेटमा महासचिव लेक्किफलले बिमस्टेक सदस्यको रुपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
जवाफमा मन्त्री खड्काले सन् २०२२ मा हुने सम्मेलनले क्षेत्रीय चासो र आवश्यकता पुरा गर्नसक्ने विश्वास व्यक्त गरेका थिए । ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भएको भेटमा व्यापार, पर्यटन, लगानी र नागरिक तहको सम्बन्धबारे चर्चा भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिमस्टेक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्