राष्ट्रपति भण्डारी,प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिवबीच भेटवार्ता, के के भयो कुराकानी
काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले आगामी कोलम्बो सम्मेलनमा खेल्नुपर्ने भूमिकाबारे चर्चा भएको बताइएको छ ।
महासचिव लेक्फिलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र सार्क महासचिवलाई पनि काठमाडौंमा भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री खड्कासँगको भेटमा महासचिव लेक्किफलले बिमस्टेक सदस्यको रुपमा नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
जवाफमा मन्त्री खड्काले सन् २०२२ मा हुने सम्मेलनले क्षेत्रीय चासो र आवश्यकता पुरा गर्नसक्ने विश्वास व्यक्त गरेका थिए । ऊर्जामन्त्री पम्फा भुषाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भएको भेटमा व्यापार, पर्यटन, लगानी र नागरिक तहको सम्बन्धबारे चर्चा भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिमस्टेक
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्