गोविन्द केसीको हातबाट जुस खादैं रुवी खानले तोडिन अनसन,सरकारसँग ४ बुँदे सहमति
काठमाडौं । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति भएको छ । सरकार र आन्दोलनरत पक्षसँग चार बुँदे सहमति भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने, साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने, सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने गरी चार वटा विषयमा सहमति भएको हो ।
आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आजैदेखि थालेको आमरण अनसन तोडेकी छन् । सरकारले माग पूरा गर्ने सहमति जनाएपछि उनको अनसनसँगै ४२ दिनदेखि माइतीघरमा दिँदै आएको धर्नासमेत स्थगित भएको छ । सरकारले उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर आमरण अनसन तोडेकी हुन । यसअघि यही विषयलाई लिएर खानसहितका महिला अधिकारकर्मी १२ दिन अनशन बसेपछि सरकारले उनीहरुसँग वार्ता गरेको थियो ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु नेपालगञ्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं आएका थिए । तर सुरुमा प्रहरीले उल्टै कुर्मीलाई बहुविवाहको मुद्दामा पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि उनी छुटेकी थिइन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्