Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

सेवाग्राहीलाई सास्ती दिने यातायात कार्यालयका १६ जना बिचौलिया प्रहरीको फन्दामा


काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई छिटो काम गर्दिन्छौं भनेर अनावश्यक हैरानी दिएको आरोपमा १६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा चन्द्रागिरीका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राजभण्डारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #यातायात व्यवस्था कार्यालय

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं