सेवाग्राहीलाई सास्ती दिने यातायात कार्यालयका १६ जना बिचौलिया प्रहरीको फन्दामा
काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई छिटो काम गर्दिन्छौं भनेर अनावश्यक हैरानी दिएको आरोपमा १६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा चन्द्रागिरीका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राजभण्डारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #यातायात व्यवस्था कार्यालय
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्