रुकुमपूर्वमा हिउँमा फसेका १४ जनालाई हेलिकप्टरबाट गरियो उद्धार
रुकुमपूर्व । एक सातादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका थिए । आइतबार मजदुरहरु हिउँमा फसेको थाहा पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन पहल गरेका थिए ।
सोमबार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँहरुलाई सकुशल उद्धार गरेको प्रजिअ बास्कोटाले जानकारी दिए । हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरुलाई पेल्मामा छाडिएको छ ।
सबै जना नजिकैको ओढारमा बसेका थिए । गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन सकेका थिएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #हेलिकप्टर मार्फत उद्धार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्