माओवादी केन्द्रमा केन्द्रीय सदस्य बन्ने यी हुन भाग्यमानी श्रीमान–श्रीमती
काठमाडौं । नेकपा माओवादी केन्द्र को आठौं राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका नामहरुमा एकै घरका श्रीमान र श्रीमतीको राम्रो उपस्थिति देखिन्छ । उनीहरूमध्ये केही खुला र केही आरक्षण कोटाबाट समेटिएका हुन । खुलाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन्। शाक्य खुलाबाट केन्द्रीय सदस्य बन्दा उनी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
यस्तै‚ गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्। खुलाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्। वर्षमान खुलातर्फबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् ।
यस्तै‚ कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। केसी खुलाबाट केन्द्रीय सदस्य बनेका हुन् तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन्। खड्का र शर्मा दुवै जना खुलातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्। पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन्। बस्नेत खुलातर्फबाट केन्द्रीय समितिमा आउँदा पहाडी खसआर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्। पौडेल खुलाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। यस्तै‚ देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन्। देव र उनकी श्रीमती यशोदा गुरुङ सुवेदी खुलाबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्। दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन्।
नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। पोखरेल खुलातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्। यस्तै‚ देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन्। पराजुली खस आर्यका तर्फबाट र उनकी श्रीमती धमला खस आर्य महिलाबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकै घरका श्रीमान र श्रीमती
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्