Techie IT
  • २९ भदौ २०८३, सोमबार
KhojPatrika

मल खरिदमै एक अर्ब भ्रष्ट्राचार, कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको डीएपी खरिद गरेको भन्दै कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको हो ।

आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो । लिमिटेडका कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा अनियमितता भएको निष्कर्ष आयोगले निकालेको हो । कृषि सामग्री लिमिटेडले डीएपी परीक्षणका लागि प्रमाणपत्रसमेत अद्यावधिक नगरेको नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसलाई बिना प्रतिस्पर्धा छनोट गरेको थियो । कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप—प्रबन्धक पुष्कर दिप बुढाविरुद्ध उक्त बिगो दावी गरिएको छ ।

त्यस्तै, नेपाल इनभारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधरी तथा उक्त कम्पनीसँग लिमिटेडका तर्फबाट हस्ताक्षर गर्ने मनोज आचार्यविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा विगो दावी गरिएको छ । आपूर्तिकर्ता जोशी बिज हाउस प्राइभेट लिमिटेड र उसका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ ७२ पैसा बिगो दावी गरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मलमै अर्बो भ्रष्ट्राचार

तपाईको कमेन्ट लेख्नुहोस्