एनआरएनएलाई निर्वाचन गर्न परराष्ट्र मन्त्री नारायण खड्काको निर्देशन

काठमाडौं । निर्वाचनको मिति तोक्दै स्थगित हुँदै आएको एनआरएनएलाई निर्वाचन गर्ने बाटो खुला भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचनको बाटो खुलेको हो । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा मन्त्रीसँग परामर्शका लागि गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री खड्काले मन्त्रालयको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिएका थिए । भेटमा गैरआवासीय नेपाली संघका पन्तले निर्वाचनको विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको बताएका थिए । पन्तले अव एक महिनाभित्र निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन् ।
पन्तले अगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै संघको नयाँ नेतृत्वको लागि निर्वाचनको लागि सहयोग गर्न आग्रह गरे । प्रतिनिधिमण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वसभापति गंगाधर गौतम पनि सहभागि थिए ।
गैरआवासीय नेपाली संघ र मन्त्रालयबीचको पत्रयुद्धपछि संघका पदाधिकारीहरूले पहिलो पटक मन्त्री खड्कालाई भेटेका हुन् । पछिल्लो भेटघाटले संघ र मन्त्रालयबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ । सदस्यता विवादमा एनआरएनएमा निर्वाचन हुन सकेको छैन् । उमेद्वार घोषणा भएपनि निर्वाचन भने अनिश्चित बन्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एनआरएनए
ताजा खबर
- १भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- २समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ३ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ४अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
- ५भारत गोवाको लइराई देवी मन्दिरमा भागदौड, ६ को मृत्यु, ८० जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्