अन्तत् प्रचण्डले छोड्ने भए विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको घर,नयाँ घरमा डेरा सर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित शारदाप्रसाद अधिकारीको घरबाट डेरा सर्ने भएका छन् । शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकपछि प्रज्ञा भवनमा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै अध्यक्ष प्रचण्डले अब आफु डेरा सर्ने तयारीमा रहेको बताएका हुन् । विवादित ठेकेदार अधिकारीको घरमा बस्न लागेदेखि प्रचण्डको पनि आलोचना भइरहेको छ । सडकको ठेक्का लिने तर, काम नगर्ने घरबेटी ठेकेदारको रुपमा समेत परिचित छन् । आलोचना बढ्दै गएपछि र महाधिबेशन प्रतिनिधिले समेत आवाज उठाएपछि प्रचण्ड डेरा सर्न तयार भएका हुन् ।
अध्यक्ष प्रचण्डले महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको भन्दै शनिबार नयाँ केन्द्रीय कमिटी निर्वाचित हुने बताए । प्रतिवदेन जोडदार ढंगले पारित भएको भन्दै शनिबार बिधान पारित हुन्छ र केन्द्रीय समिति पनि निर्वाचित हुने उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि आएको एउटा फरक मतलाई सम्मान गर्ने र अरु फरक मत समेटेर राजनीतिक तथा वैचारिक प्रतिवेदन पास भएको जानकारी समेत गराए । ऐतिहासिक वैचारिक विकासको सुरुवात भएको भन्दै आगामी दुवै निर्वाचनपछि गरिने विशेष महाधिवेशनले संगठनको रुपान्तरण र विचारलाई समेत अझ विकसित गर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको जानकारी दिइएको छ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ठेकेदार शारदाप्रसाद अधिकारी, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्