Techie IT
  • २२ भदौ २०८२, आईतबार

बिपीको एकता र मेलमिलापको सन्देश,अझै पनि सार्थकता,नेताहरुमा भने बोलीचालमै गाह्रो


काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि चलिरहेका मृत्युदण्डका मुद्दाको बेवास्ता गर्दै २०३३ साल पुस १६ गते भारत निर्वासनबाट नेपाल फर्किए । राष्ट्रिय स्वाधिनताका लागि विपी कोइरालाले जीवनको परवाह नगरि स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

२०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको नेतृत्वमा नेता गणेशमान सिंह, नेत्रृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायतका नेता कार्यकर्ता भारतमा आठ वर्ष लामो निर्वासित जीवन छाडेर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई नेपाल फर्किएका थिए । यसै दिनलाई आजसम्म नेपाली कांग्रेसले वीपीको मेलमिलाप र राष्ट्रिय एकताको नीति मान्दै आएको छ । २०१७ पुस १ गते तात्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक शासन प्रणालीमा प्रतिबन्ध लगाइ, प्रधानमन्त्री वीपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाएका थिए ।

सिंहदरबारमा तीन महिना राखेपछि त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलको बन्दीगृहमा वीपीलाई सारिएको थियो । सुन्दरी जलमा वीपीले आठ वर्ष विताएपछि २०२५ सालमा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका वीपी ९ वर्ष भारतमा बस्दा नेपालको निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध दलीय राजनीतिक गतिविधिलाई तिव्रपारेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान र बंगला देश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि वीपीले राष्ट्रियता कमजोर हुन नदिन भन्दै राष्ट्रिय एकता र मेलमिलाप नीति लिई कांग्रेसका नेता र कार्यकर्तालाई वीपीले नेपाल फर्काएका हुन् ।

अहिलेको वीपीको मेलमिलाप नीतिको सान्दर्भिकता कत्तिको छ त ? तत्काली अवस्थामा दक्षिण एसियाको शासन प्रणाली र राजनीतिक घट्नाक्रमले गर्दा देशभित्र राष्ट्रिय एकता र सवै पक्षसँग मेलमिलाप गर्नुपर्ने आवश्यकता वीपीले ठानेका थिए । तर अहिले देशमा संविधानसभाले बनाएको संविधान र संविधान अनुसार तीन तहका सरकार छन् । के अझै एकता र मेलमिलापको आवश्यकता छ ? दक्षिण एसियाको अस्थिर राजनीतिको चक्रव्यूहमा नेपाल नफसोस् भनेर तात्कालीन घट्नाक्रमलाई कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले विश्लेषण गरी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपालभित्रै बसेर पन्चायत व्यवस्थाविरुद्ध राजनीतिक लडाइ लड्ने नीति लिएका हुन् ।

वीपीको यस नीतिलाई अहिले पनि सवै राजनीतिक दलभित्र एकता र मेलमिलापको खाँचोको रुपमा व्याख्या गरिएको छ । एमालेले विगत पाँच महिनादेखि संसद चल्न दिएको छैन । देशको सर्वोच्च अदालतले काम गरेको छैन भने सत्तासाझेदार पाँच दलीय गठबन्धनको सरकार केवल रमिते बनेको छ । यस्तो अवस्थामा सवै दलभित्र एकता र मेलमिलाप कायम गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने वर्तमान आवश्यतालाई सवै पक्षले बुझ्न आवश्यक देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बिपीको एकता र मेलमिलाप

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं