सुरु भयो नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मत गणना
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना जारी छ । १४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
१० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ ।३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ । अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ ।
सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका लागि भएको मतदानमा जम्मा ४ सय ८७ ले उम्मेदवारी दिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्