कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित, बिजय गच्छदार २ मतले पराजित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १ सय २१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत ल्याएर पराजित भएका छन् ।
गच्छदार २ मतले पराजित भएका हुन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।
यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्