कांग्रेसमा उदाय ४० प्रतिशत मत ल्याएर डा.शेखर कोइराला,प्रकाशमान र बिमलेन्द्र देउवासँगै बिलय
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई नै पार्टी सभापतिकारुपमा निरन्तरता दिए महाधिवेशन प्रतिनिधिले । १३ औं महाधिवेशन २०७२ मा देउवाले पौडेललाई पराजित गरेर सभापति भएका थिए भने यसपटक डाक्टर शेखर कोइरालालाई पराजित गरेर दोस्रो कार्यकालका लागि पार्टी सभापति भए । आखिर किन हारे त डा शेखर कोइरालाले भनेर अहिले आमचर्चाको विषय बनेको छ । डाक्टर शेखर कोइरालाले आफ्नै समूहका नेता रामचन्द्र पौडेलको समेत साथ र सहयोग पाएनन् । त्यति मात्र होइन, आफ्नै परिवारका सदस्य एक ठाउँमा बनाउँनसमेत सकेनन् ।
कोइराला परिवारबाटै शेखर सभापति उठ्दा सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिन पुगिन् र बीपीपुत्र शशांक कोइराला कसैको पक्षमा मत नमागी मौन बसे । आफ्नै समूहबाट अलग बनेर डा कोइराला आफूभन्दा जुनियर भनेर प्रकाशमान सिंहले कोइरालाको अस्तित्व स्वीकार गरेनन् । पहिलो चरणमा शेरबहादुर देउवालाई सभापति हुन नदिएर रोक्नुपर्छ भन्ने सवै नेता दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाकै पक्षमा लाचार छाया बन्नु कोइरालाका लागि अर्को हारको कारण बन्न पुग्यो ।
कोइराला परिवारभित्रै फूट पैदा हुँदा पनि देउवालाई सहज भयो । यसअघि गिरिजाप्रसाद कोइराला लगातार तीन पटक पार्टी सभापति बनेका थिए । त्यसपछि १२ आंै महाधिवेशनमा शेरबहादुर देउवालाई सुशील कोइरालाले पराजित गरेका थिए । १३ औं महाधिवेशनबाट रामचन्द्र पौडेललाई पराजित गरेर सभापति बनेका देउवाले यसपटक कोइराला परिवारलाई पनि विभाजित बनाएर सभापति बन्न सफल भए ।
यसअघि कांग्रेसमा रहेको देउवा र पौडेल समूह अब देउवा र कोइरालाको समूहमा रुपान्तरण भएको छ । बाँकी अरु समूह देउवाकाका लाचार बनेका देखिए । आफ्नो समूहलाई एक राख्न नसक्नु र कोइराला परिवारका तीन सदस्य पनि तीन तिर फर्किदा डाक्टर शेखर कोइरालाको पराजय भएको नेपाली कांग्रेसका नेता र कार्यकर्ताको विश्लेषण छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #डा.शेखर कोइराला
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्