Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

काठमाडौं महानगरपालिकाको २७ औं स्थापना दिवस, बिद्यासुन्दरका ५ बर्ष खेर


काठमाडौं । समस्यै समस्याको सहर काठमाडौं  महानगरले बुधबार स्थापनाको २७ औँ वार्षिकोत्सव मनाएको छ । महानगरपालिको भवनभित्र धुमधासँग २७ औा महानगरपालिका दिवस मनाइरहँदा यहाँका बासिन्दाले त्यसको अनूभूति गर्न पाएनन् । अव्यवस्थित शहर, धुलो र धुवाँले भरिएको वातावरण, कुरुप सडक अनि खाल्डाखुल्डी नै हेरेर यहाँका बासिन्दाले महानगरपालिका दिवस मनाए । त्यही काठमाडाँैलाई महानगरपालिका घोषणा गरीए पनि महानगरबासीले व्यवस्थित शहरमा बस्ने चाहना पुरा गर्न पाएका छैनन् ।

उता देशकै जेठो र सम्पन्न महानगरपालिका भए पनि पुर्वाधार विकास र सेवा सुविधामा अगाडि बढ्न सकेको छैन । हुनत झन्डै पाँच वर्षअघि विद्यासुन्दर शाक्यले मेयर बन्नका लागि चुनावी घोषणापत्रमा उल्लेख गरेका केही वाचा मात्रै पुरा गरेका भएपनि यो शहर यति बुरुप बन्ने थिएन । उनी मात्रै होइनन्, शाक्यभन्दा अघि मेयरहरुले समेत चुनावी वाचालाई यथार्थमा कहिल्यै रुपान्तरण गरेनन् । अहिले विकासका कामहरु अस्तव्यस्त छन् ।

आफ्नै कार्यकालमा महानगरपालिकालाई स्माट सिटि बनाउने, मोनो र मेट्रो रेल चलाउने जस्ता अनेकौँ सपना शाक्यले बाँडेका थिए । तर, बितेको पाँच वर्षलाई नियाल्दा काठमाडौा महानगरपालिको विकासको गति उल्टो घुमिरहेको छ । तर, पनि उनी आफुले निकै काम गरेको दाबी गर्छन् । यता फोहोर,दुर्गन्ध,धुलो,हिलो,सडक जाम, सडक निर्माणको योजनामा हुने कमजोरीका यहाँका बासिन्दाले हरेक दिन समस्या मात्रै व्यहोर्नु परिरहेको छ । उनीहरु काठमाडौँ महानगरपालिका नै कुनै कुराले महानगरपालि जस्तो नभएको बताउँछन् ।

कुनै पनि महानगरपालिका घोषणा गर्दा जनसंख्या र आकार मात्रै नभएर त्यहाँको सेवा सुविधा पनि हेर्ने गरीन्छ । काठमाडौंलाई महानगरपालिका बनाउँदा त्यस्ता मापदण्डमा ध्यान दिइएन । जसले गर्दा हिजोका समस्या आज झन बढेर गइरहेका छन् । त्यही कारण अर्को महानगरपालिका दिवस मनाउनुभन्दा पनि यो शहरलाई कसरी व्यवस्थित बनाउने भन्ने कार्यको थालनी गर्नु आवश्यक छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं  महानगर

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं