कांग्रेसमा देउवा सभापति बनेपछि क–कस्ले दिए वधाई तथा शुभकामना
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुन शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले बधाइ तथा शुभकामना दिएका छन् । १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागिसभापतिमा निर्वाचित भएकोमा अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवालाई बधाई र शुभकामना दिएका छन् ।
यसैगरी जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पार्टी सभापति शेरबहादुर देउवालाई शुभकामना दिँदै प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै अग्रगमनकारी शक्तिबीच एकताका लागि शुभेच्छासहित वधाइ दिएका छन । यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई शुभकामना र बधाई दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई बधाई र शुभकामना दिएका छन् ।
यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराले पनि सभापतिमा निर्वाचित भएका देउवालाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् । आफ्नै पार्टीका नेता रामचन्द्र पौडेलले वधाइ तथा शुभकामना दिदै, नेपाली कांग्रेसलाई सुदृढ बनाउन र संविधानको रक्षा गर्ने चुनौतीलाई कुशलतापूर्व पार लगाउन भनेका छन् । महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टीमा थिति र विधि चलाउने परम्पराको सुरुवात गर्न र पार्टी रुपान्तरणको अभियानमा सभापतिसँग सहकार्यहुने भन्दै वधाइ तथा शुभकामना दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शेरबहादुर देउवा सभापतिमा, #संसदमा प्रतिनिधित्व
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्