Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

कांग्रेस सभापतिमा शेरबहादुर देउवा २७३३ मतले निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा २ हजार ७ सय ३३ मतले निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । देउवाले २ हजार ७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८ सय ५५मत पाएका छन् । ३५ मत भने बदर भएको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेनको थिएन । कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २ हजार ३ सय ४० मत चाहिन्थ्यो । देउवाले २ हार २ सय ५८ पाएका थिए भने शेखरले १ हजार ७ सय २ । प्रकाशमान सिंहले ३ सय ७१ मत पाउँदा विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाए ।

कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए । यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेपछि देउवाले कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति जितेका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सभापतिमा शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं